आठ रात नौ दिन मनाइने बिस्केट जात्रा सम्पन्न

नेपालखोज २०८३ वैशाख ५ गते ११:०७

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आज सम्पन्न हुनेछ । जात्राअन्तर्गत आज अन्तिम दिन दिउँसो ४ः०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए ।

आज अपराह्नसम्म सबै पूजा सम्पन्न हुनेगरी सुरु गरिने जनाउँदै उहाँले ४ः०० बजेदेखि भैरवको रथ तानेर जात्रा सम्पन्न हुने बताए ।

आजसम्म जात्रा शान्तिपूर्ण रूपमा सञ्चालन भएको बताउँदै प्रमुख कर्माचार्यले आज रथ तान्ने क्रममा कुनै अप्रिय घटना नभए यस वर्षको जात्रा शान्तिपूर्ण हुने उल्लेख गरे ।

प्रतिक्रिया