अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

नेपालखोज २०८३ वैशाख ६ गते २०:५५

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने आइतबार बताएका छन् । उनले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबारसम्ममा इस्लामावाद पुग्ने यसअघि नै बताएका थिए ।

इस्लामावादमा तेहरानसँग अघिल्लो चरणको वार्ताको नेतृत्व गरेका तर कुनै सम्झौता नगरी आएका उपराष्ट्रपति भान्सले यस पटक अमेरिकी वार्ता टोलीको नेतृत्व नगर्ने समाचारले वार्ताको वातावरण अन्योलपूर्ण अवस्थाको रूपमा देखा परेको छ किनकि ट्रम्पको क्याबिनेटका सदस्यहरूले उपराष्ट्रपति भान्सले नै वार्ताको नेतृत्व गर्ने बताएको थियो ।

ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उहाँका ज्वाइँ जारेड कुश्नर अप्रिल ११ मा भएको लामो वार्तामा पाकिस्तान पुगेका थिए । त्यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा इरानले दुई हप्ताको युद्धविरामको पूर्ण उल्लङ्घन गरेको आरोप लगाउँदै कुनै सम्झौता नभए इरानका पावर प्लान्ट र पुलहरू नष्ट गर्ने चेतावनी दिएका थिए ।-रासस/एएफपी

प्रतिक्रिया