बर्दियामा निषेधाज्ञा एक साता लम्ब्याइयो
नेपालखोज
२०७८ असार १५ गते १०:४८
बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गतेसम्म जारी निषेधाज्ञा असार २१ गतेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म संचालन गर्न पाइने छ ।
त्यस्तै, विद्यालय, पार्लर, सैलुन, रेष्टुरेन्ट, जिमखानासहितका बढी भिँडभाँड हुने पसलहरुलाई भने पूर्ण रोक लगाइएको छ । बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जानकारी दिए । त्यस्तै निजी सवारी साधनहरुलाई अत्यावश्यक भएमा संचालन गर्न दिइने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया