नेपाल उद्योग वाणिज्य महासंघको स्थगित भएको साधारणासभा तथा निर्वाचन २१ गते

नेपालखोज २०८३ वैशाख १३ गते २०:१०

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको स्थगित भएको साधारणासभा तथा निर्वाचन २१ गते हुने भएकाे छ । महासंघले आफ्नो ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन यहि वैशाख २१ गते गर्ने तय गरेकाे हो ।

नयाँ कार्यतालिकाअनुसार महासंघको उद्घाटन समारोह वैशाख २१ गते होटेल रोयल टुलिप काठमाडौंमा आयोजना हुनेछ भने निर्वाचन कार्यक्रम वैशाख २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा हुने महासंघले जनाएको छ ।

महासंघले सदस्यहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया