नेप्से ७ अंकले बढ्दा झन्डै पाँच अर्बको सेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेप्से बढेको छ । नेप्से आज सात दशमलव ७३ अंकले बढेर २७ सय ९६ दशमलव ४३ अंकमा चढेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले बढेर चार सय ६९ दशमलव ७२ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय ५१ वटा कम्पनीहरुको ८१ हजार छ पटकको कारोबारमा एक करोड नौं लाख २८ हजार छ सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७४ करोड ८८ लाख नौ हजार एक सय २७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहकाे सेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् ।
जसमध्ये जलबिद्युत समूहको सूचक सात दशमलव ७९ अंकले घटेर तीन हजार नौं सय ९१ दशमलव ८८ अंकमा झरेकोमा लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः शून्य दशमलव ३०, शून्य दशमलव शून्यएक, आठ दशमलव ९६ र ५३ दशमलव ४० अंकले घटेका छन् ।
यि बाहेक वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ९३ अंकले बढेर १४ सय ५६ दशमलव ७५ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि ६८ दशमलव २६ अंकले बढेर छ हजार ४८ दशमलव ३४ अंकमा चढेको छ ।
फाईनान्स समूहको सूचक पनि १० दशमलव १६ अंकले बढेर २३ सय ९० दशमलव ९६ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि १६ दशमलव ८५ अंकले बढेर १२ हजार पाँच सय ६० दशमलव ४८ अंकमा चढेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि १६ दशमलव ३६ अंकले बढेर १० हजार आठ सय ९८ दशमलव २१ अंकमा चढेकोमा होटल तथा पर्यटन, उत्पादनमुल र लघुवित्त समूहको सूचक पनि क्रमशः ७९ दशमलव ३९, एक सय ७८ दशमलव ८९ र १४ दशमलव २८ अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा निफ्रा ग्रिन डिबेञ्चर २०८८/०८९ परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिलायन्स स्पीनिङ मिल्स लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया