युनाईटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईद्वारा पदभार ग्रहण

नेपालखोज २०८३ वैशाख १४ गते १७:३८

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदभार ग्रहण गरेका छन् ।

कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको थियो । सोही अनुसार उनले सोमबार पदभार ग्रहण गरेका हुन् । यसअघि उनी गुराँस लाइफ इन्स्योरेन्सको सीईओका रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया