बिहीबार, वैशाख १३, २०८१

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष

नेपालखोज २०७८ मंसिर १७ गते १७:११

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको ९६ करोड रुपैयाँबराबरको ९६ लाख कित्ता प्राथमिक सेयर निष्काशनको सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष बनेको छ ।

उक्त हाइड्रोपावर कम्पनीको सेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा आज कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध संचालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । उक्त हाइड्रो पावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ ।

हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । सम्झौता पत्र आदानप्रदान कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उप–व्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित थिए ।

प्रतिक्रिया