नेप्सेमा उच्च अंकले गिरावट, २६ अंकले घट्दा छ अर्ब ५३ करोडको सेयर किनबेच

नेपालखोज २०८३ वैशाख १५ गते १५:२२

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन सात दशमलव ७३ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार भने २६ दशमलव १६ अंकले घटेर २७ सय ७० दशमलव २६ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले घटेर चार सय ६७ दशमलव ५७ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय ४९ वटा कम्पनीहरुको एक लाख ५१ हजार तीन सय ५४ पटकको कारोबारमा एक करोड ४० लाख १८ हजार नौं सय २० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ५३ करोड १७ लाख २३ हजार दुई सय २६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा अन्य समुहको सुचक १४ दशमलव ७३ अंकले बढेर दुई हजार १८ दशमलव १९ अंकमा चढेकोमा बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव २८ अंकले घटेर १४ सय ४४ दशमलव ४७ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ७४ दशमलव २७ अंकले घटेर पाँच हजार नौं सय ७४ दशमलव शून्य छ अंकमा झरेको छ ।

फाईनान्स समूहको सूचक पनि १४ दशमलव ७१ अंकले घटेर २३ सय ७६ दशमलव ६० अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक पनि ६९ दशमलव ७६ अंकले घटेर तीन हजार नौ सय २२ दशमलव ११ अंकमा झरेको छ ।

जीवन बीमा समूहको सूचक पनि २० दशमलव ९९ अंकले घटेर १२ हजार पाँच सय ३९ दशमलव ४८ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ४३ दशमलव ३४ अंकले घटेर १० हजार आठ सय ५४ दशमलव ८६ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः दुई सय ११ दशमलव २१, शुन्य दशमलव ४९, दुई सय ९२ दशमलव ९४, २१ दशमलव ७३, शुन्य दशमलव शुन्य छ र १४ दशमलव ७० अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन बैंकको ऋणपत्र २०८६ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पाल्पा सिमेन्ट लिमिटेड परेको छ ।

प्रतिक्रिया