रास्वपाले जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै भन्याे- सडकबारे सरोकारवालासँग मिलेर समाधान खोज्छाैं

नेपालखोज २०८३ वैशाख १९ गते ११:०७

 काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार रोल्पामा भएकाे जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक परेकाे परिवारजनप्रति समवेदना प्रकट गरेको हाे । साथै रास्वपाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकाे छ ।

त्यस्तै रास्वपाले यस्तो दुर्घटनाले सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता घटनालाई केवल तथ्याङ्कमा सीमित नगरी नागरिक जीवनसँग जोडिएको संवेदनशील विषयका रूपमा लिनुपर्नेमा जोड र पार्टीले यस्ता दुर्घटनाले परिवार र समुदायमा दीर्घकालीन असर पार्न नदिन सरोकारवालासँग मिलेर समाधान खोज्ने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप थवाङ गाउँपालिका—१ को भिरालो क्षेत्रमा करिब ७००÷८०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया