मेघगर्जन/चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना
नेपालखोज
२०८३ वैशाख २२ गते ६:१२

काठमाडौं हाल पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू-भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका रहेकाे छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
कोसी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ ।
कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
सम्बन्धित

प्रतिक्रिया