जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, समर्थन फिर्ता लिने तयारीमा जसपा

नेपालखोज २०८३ वैशाख २२ गते ८:१८

काठमाडाैं । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पत्र ढिलो गरी प्राप्त भएकाले औपचारिक विज्ञप्ति जारी गरिएको छैन ।

मधेस प्रदेशसभामा जनमत पार्टीका १२ जना सदस्य छन् । हाल उक्त पार्टी अर्थ मन्त्रालयसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी छ । 

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले पनि साँसदहरूको हस्ताक्षर सोमबार नै तयार गरेर राखेको छ । जसपाले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र मंगलबार (आज) प्रदेश प्रमुखलाई बुझाइने तयारी गरेको छ । 

प्रतिक्रिया