नेप्से झन्डै दुई अंकले घट्दा तीन अर्ब १९ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन आठ दशमलव ७८ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज बुधबार एक दशमलव ६४ अंकले घटेर २७ सय ११ दशमलव २२ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव ८० अंकले बढेर चार सय ६३ दशमलव १२ अंकमा चढेको छ ।
नेप्सेमा आज तीन सय ३६ वटा कम्पनीहरुको ४७ हजार आठ सय ४१ पटकको कारोबारमा ७१ लाख ३१ हजार पाँच सय ५७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब १९ करोड ७७ लाख ६६ हजार सात सय ७९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् ।
जसमध्ये बिकास बैंक समूहको सूचक ३० दशमलव २२ अंकले घटेर पाँच हजार सात सय ९२ दशमलव ८० अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ६१ अंकले घटेर तीन हजार सात सय ८५ दशमलव ६८ अंकमा झरेको छ ।
जीवन बीमा समूहको सूचक पनि ३९ दशमलव ७५ अंकले घटेर १२ हजार तीन सय १३ दशमलव ३२ अंकमा झरेकोमा उत्पादनमुलक र व्यापार समूहको सूचक पनि क्रमशः ६३ दशमलव ४३ र नौं दशमलव २७ अंकले घटेका छन् ।
यि बाहेक बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ४० अंकले बढेर १४ सय ३० दशमलव ५८ अंकमा चढेकोमा फाईनान्स समूहको सूचक पनि चार दशमलव ४९ अंकले बढेर २३ सय ३६ दशमलव ४१ अंकमा चढेको छ ।
निर्जीवन बीमा समूहको सुचक पनि २० दशमलव ४६ अंकले बढेर १० हजार छ सय ३६ दशमलव ८४ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः १७ दशमलव ३६, शून्य दशमलव ४०, २२ दशमलव ८९, शून्य दशमलव १७ र शून्य दशमलव ६० अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा फरवार्ड माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने सोलु हाईड्रोपावर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया