दुईवटा संसदीय समितिको बैठक बस्दै
नेपालखोज
२०८३ वैशाख २५ गते ६:४९

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ ।
दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा १० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुने छ ।
यस्तै, बिहान १०ः३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको छ । समितिको बैठकमा आन्तरिक छलफल हुने छ ।
सम्बन्धित

प्रतिक्रिया