शुक्रबार, वैशाख १४, २०८१

व्यवसायीद्वारा सरकारको कर बुझाउने सूचनाको विरोध

नेपालखोज २०७७ जेठ २० गते १३:२६

काठमाडौं । सरकारले कर बुझाउन जारी गरेको सूचनाको व्यवसायीहरुले विरोध गरेका छन् । चालु आर्थिक वर्षको कर तथा विवरण बुझाउन आन्तरिक राजस्व विभागले हिजो वेबसाइटमार्फत एउटा सूचना सार्वजनिक गरेको थियो ।

जुन आजका पत्रपत्रिकाहरुमा आएको सूचनामा विभागले चालु वर्षको आयकरको दोस्रो किस्ता जेठ मसान्तभित्रमा तथा मूल्य अभिवृद्धि करतर्फ फागुन र चैतको कर विवरण र कर तथा अन्तःशुल्कतर्फको फागुन र चैतको विवरण र कर यही २५ गतेभित्र बुझाउन सूचनामा भनिएको थियो ।

सूचनाअनुसार जेठ २५ गतेभित्रमा विगत महिनाको कर विवरण तथा कर रकम दाखिला नगरे शुल्क, थप दस्तु, ब्याज र जरिवाना लाग्नेछ। विभागले यो सूचना प्रकाशित गरेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन्।

उनिहरुले विभिन्न सामाजिक सञ्जालमा आफ्नो धारणा प्रस्तुत गर्दै लकडाउन नखुलेको अवस्थामा पनि कर उठाउने सूचना प्रकाशित गर्नु नाजायज भएको टिप्पणी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहितका व्यवसायीले विभागको सूचनाको विरोध गरेका छन्।

प्रतिक्रिया