लागुऔषधसहित १७ जना पक्राउ

नेपालखोज २०८३ वैशाख २६ गते १८:२०

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दियाबाट चार, सुनसरी र झापाबाट तीन/तीन, काठमाडौं र ललितपुरबाट दुई/दुई तथा कञ्चनपुर, तनहुँ र बाँकेबाट एक/एक जनालाई पक्राउ गरिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूका साथबाट खैरो हेरोइन, चरेस तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ ।

प्रतिक्रिया