घरको छतसहित खसेर दुई जनाको मृत्यु
नेपालखोज
२०८३ वैशाख ३० गते २०:५०

बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो ।
पानी ट्यांकी राख्ने छत ढलान गर्ने क्रममा उनीहरू खसेका थिए । घटनामा मलंगवामा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
छतसहित खसेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया