मंगलबार, वैशाख १८, २०८१

एकसाथ जन्मेका १० सन्तान नाजायज, बाबुको अवैध सम्बन्ध, आमा गायब

नेपालखोज २०७८ असार १ गते १०:५३

काठमाडौं । साउथ अफ्रिकाको प्रिटोरिआबासि गोसियामी थमारा सिटहोल एकसाथ दस वटा सन्तान जन्माएर एकाएक संसारभरका मिडियामा छाएकी थिइन् । यद्यपि अहिले उक्त समाचारमा एक पछि अर्को ट्विस्ट आउने क्रम जारी छ ।

गोसियामीको हवाला दिदै पहिले आएको उक्त समाचारमा उनले सिजेरियनमार्फत स्थानीय अस्पतालमा सात महीना र केही दिनको गर्भपछि सात छोरा र तीन छोरी जन्माएको बताइएको थियो ।

यो समाचार सार्बजनिक भएलगत्तै दक्षिण अफ्रिकी सरकारले यथार्थ स्थिति बुझन ती दम्पतीको खोजि सुरु गर्यो तर सरकारले आमा भनिएकी गोसियामीलाई फेला पार्न सकेको छैन । भनिन्छ, उनी गायब जस्तै भएकी छन् । गोसियामी बेपत्ता भएपछि यो घटना थप रहस्यमय बन्न पुगेको छ ।

गोसियामीका श्रीमान भनिएका टेबोहो सोटेटसी आफ्नो श्रीमान भएको दाबी गर्दै एक महिला अगाडि आए पछि यो समाचारमा यूटर्न आएको थियो । ती महिलाको नाम सिबांगील एक्सवा हो र उनले आफ्नो श्रीमान टेबोहोले आफुलाई धोका दिएको बताउँदै गोसियामीले जन्माएका सन्तानहरु नाजायज भएको दाबी गरेकी छन् । ४७ वर्षकी सिबांगीलका अनुसार १० वटा सन्तान जन्माउने गोसियामी उनका पतिका पत्नी होइनन्, रखैल मात्र हुन् ।

भनिन्छ, सिबांगीललाई उनीहरुको सम्बन्धको जानकारी पहिलेदेखि नै थियो र उनले गोसियामीलाई आफ्ना श्रीमानले गर्भवती बनाएको पनि थाहा पाएकी थिइन् ।

मिडियाबाट गोसियामीले १० सन्तान जन्माएको खबर पाएपछि सिबांगील आफ्ना पतिसँग भेट्न उनको घर पुगिन् तर पति टेबोहोले उनलाई घरबाट निकालिदिए । टेबोहोकी जेठी श्रीमतीको दाबाअनुसार एक साथ १० सन्तान जन्माएका कारण प्राप्त चर्चा र आर्थिक सहायताको लोभमा उनका श्रीमानको परिवारका सदस्यहरु पनि सिबांगीलकोविरुद्व गएका छन् ।

यता गोसियामीले १० सन्तान जन्माएको दाबी त गरिन् तर कुनै पनि अस्पतालले त्यसको पुष्टि गरेका छैनन् । अहिले ती महिला स्वयं सरकार र मिडियाको नजरबाट गायब भएकी छन् । केही सरकारी अधिकारीले ती महिलासँग भेटेको बताए पनि उनले कतिवटा सन्तान जन्माएकी हुन् यकिन भन्न नसक्ने जानकारी दिए पछि यो प्रकरण थप रहस्यमय बनेको छ । अनेकौं परस्पर बिरोधी दाबी र नयाँ-नयाँ रहस्योद्घाटनकाबीच गोसियामीले १० सन्तान जन्माएको कुरा माथिको सस्पेन्स पनि कायमै छ ।

प्रतिक्रिया