आजदेखि भदौ मसान्तसम्म जथाभाबी सडक खन्न नपाइने
नेपालखोज
२०७८ असार १ गते १२:३१

काठमाडाैं । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै आजदेखि जथाभाबी सडक खन्न नपाइने भएको छ । आजदेखि भदौ मसान्तसम्म यसलाई रोक लगाइएको सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।
बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी पुरानै अवस्थामा ल्याउन नसकिने भन्दै सडक खन्न रोक लगाइएको हो ।
नियम अटेर गर्दै कसैले सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही हुने पनि कार्यालयले जनाएको छ ।
अहिले सडक खन्दा तुरुन्तै कालोपत्र तथा मर्मत गर्न नसकिने हुँदा सडकको अवस्था थप बिग्रँदै जाने भएकाले खन्न रोक लगाइएको सडक विभागका प्रवक्ता एवं सूचना अधिकारी शिवप्रसाद नेपालले बताए ।
सम्बन्धित
प्रतिक्रिया