बिहीबार, जेठ २, २०८२

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

नेपालखोज २०७८ असार ३ गते ११:३२

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बिहीबार) ह्वात्तै घटेको छ । हिजो प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज एक्कासी एक हजार एक सय रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मुल्य आज ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १३ सय ४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया