समय
रमण घिमिरे
२०७८ असार १२ गते ८:००

कुनै मोडमा उभिएर
जति नै पर्ख तिमी
विगत फर्किंदैन
कहिले घण्टाको काँटा
कहिले मिनेटको काँटा
र धेरैचोटि सेकेन्डको काँटाको गतिमा
के-के खोज्न दौडिरह्यौ
जीवनभरि
जब अहिले
जीवनका काँटाहरू बिस्तारै
निस्तेज हुन थाले
अनि यस खण्डहर उमेरमा
तिमीलाई अतीत याद आयो
तर जति नै पर्ख
त्यो कलिलो अतीतलाई
फर्किंदैन
घडी समय हो
तिमीलाई थाहा छ ?
घडीका काँटा
कहिल्यै उल्टो घुम्दैनन् ।
सम्बन्धित
प्रतिक्रिया