आइतबार, वैशाख १४, २०८२

नेपाली कर्मचारी

प्रेमप्रसाद संजेल ‘खतरा’ २०७८ असार २६ गते १२:०८

सेता आँखा पिर्लिक्क पल्टाउँछ
फाइल यता ओल्टाउँछ
घरि कता पल्टाउँछ
सेवाग्राहीको नाडी छाम्छ
जिउ हिटरले तताउँछ
बिजुलीको मिटर बढाउँछ
जनताको रगतले पेट्रोल जुटाउँछ
सरकारी गाडी आरामले कुदाउँछ
तैपनि अफिस १ बजे उदाउँछ
लुसुक्क चाकडीमा धाउँछ
सबै कोठा चहार्न भ्याउँछ
दिल्ली मुम्बईका हावा गफ ल्याउँछ
होटेलमा सेवाग्राही लिएर पस्छ
गोमनले जसरी तिनैलाई डस्छ
अधिकृतद्वारा पीडित ठगाउँछ
कमिसन आफूलाई मगाउँछ
सुब्बालाई घूस माग्न सिकाउँछ
खरिदारलाई हाजिर गरी भगाउँछ
पियनलाई नास्ता झिकाउँछ
घूसमा फुटेको कौडी बुझाउँछ
स्वास्नीको कुरा पनि सुन्छ
हाकिमको लुगा पनि धुन्छ
भ्रष्टाचारको जालो नि बुन्छ
उसको घरले आकाश छुन्छ
तलबले खान पुग्दैन भन्छ
घूस पाए काम गर्छ गराउँछ
घूस नपाए व्यस्तताको नाटक गर्छ ।।

प्रतिक्रिया