आइतबार, वैशाख १४, २०८२

फुटबल

दुर्गा बनबासि २०७८ असार २६ गते १०:२८

जर्सीहरुमा विभाजित,
रङहरुमा विखण्डित
दिशाहरुमा विभक्त
दिशाविहीन तमासेहरु
काेही पूर्व समर्थक
काेही पश्चिम समर्थक
कुनै उत्तरका भक्त
काेही दक्षिण-आशक्त
अनि,
यिनकै मनाेरञ्जनार्थ
लगातार गुड्किरहनु पर्ने
विचराे फुटबल !

आ-आफ्नै
काेचहरुद्वारा निर्देशित
तन्मय खेलाडीहरु
भकुण्डो मैदानमा
समर्थकहरुका
हुटिँग र ताली,
प्रतिपक्षीहरुका
आक्राेश र गाली
सकृय छन् अनवरत
गाेल छिराएर पाेस्टमा
आ-आफ्ना
विजय-झण्डा फहराउन ।

कुशल खेलाडीहरु
सुसज्जित छन् युगाैँदेखि
छक्का पञ्जाका
शकुनि दाउपेचसँगै,
पार्श्वबाट
दिइरहेछन् निर्देशन
बेलाबेलै काेचहरु
अनि,
मध्य खडा छ
चनाखो रेफ्री
शक्ति-केन्द्र बनेर ।

चलिरहेछ यसरी नै
फुटबलकाे प्रतिस्पर्धा,
हुर्रे गरिरहेकै छन्
दर्शक त्यसरी नै
वण्डित मनहरुसँगै,
फहराइरहेछन् झण्डा
खेलाडीहरु पालैपालो
अनि,
लाचार, विवश, निरीह
उसरी नै गुड्किरहेछ
बबुराे फुटबल !
बस् ।

प्रतिक्रिया