बिहीबार, असार १९, २०८२

नागढुंगा–सुरुङ्ग मार्गको काम समयमै सम्पन्न गर्न सुशासन समितिको निर्देशन

नेपालखोज २०७८ असार २५ गते १९:३९

काठमाडौं । राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले नागढुंगा–सुरुङ्ग मार्ग आयोजनाको काम समयमै सक्नेगरी गर्न र आयोजनाका अध्यावधिक प्रगति लगायत सम्पूर्ण विवरण विभागको वेवसाइटमा नियमित राख्न पनि आयोजना कार्यालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले सडक आयोजना तथा पुलहरुको गुणस्तरमा ध्यान दिन र यो वर्ष भत्केको पुलहरु के–कति कारणले भत्केका हुन् भन्ने विषयमा समितिलाई जानकारी गराउनका लागि सडक विभागलाई निर्देशनन दिएको छ । बैठकले नागढुंगा सुरुङ्ग मार्ग आयोजनाको बढी बजेट र मूल्य अभिवृद्धि कर सम्बन्धि पर्न गएको असमझदारी र सो को व्यवस्था गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण पनि गराएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरुमा काम गर्ने सम्पूर्ण मजदुरहरुलाई कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले नागढुंगा सुरुङ मार्ग आयोजनाको स्थलगत अवलोकन गर्न आयोजना स्थल जाने निर्णय गरेको पनि समिति सभापति भट्टले जानकारी दिए ।

प्रतिक्रिया