सोमबार, असार २३, २०८२

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

नेपालखोज २०७८ असार ३० गते १०:००

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् ।

राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उहाँसँग मिलेर काम गर्ने आशा गर्दछु भनेका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका छन् ।

प्रतिक्रिया