बिहीबार, जेठ २, २०८२

गठबन्धनका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल

नेपालखोज २०७८ असार ३१ गते २३:००

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संघीय संसद्को बैठकलगायतका विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि गठबन्धनको बैठक बसेको हो ।

बैठकमा सहभागी नेताहरुका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । बैठकमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका अनुसार गठबन्धनको भावनाअनुसार अगाडि बढ्नेलगायतका विषयमा आजको छलफल केन्द्रित रहेको थियो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,जनता समाजवादी पार्टीका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका माधवकुमार समूहका नेता विजय पौडेलको उपस्थिति थियो ।

प्रतिक्रिया