शुक्रबार, असार २०, २०८२

गायिका आस्था प्रहरीको फरार सूचीमा, अभिभावकले गरे प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता

नेपालखोज २०७६ माघ ८ गते ११:१३

८ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरेकी गायिका आस्था राउतलाई स्वदेश फर्किनासाथ पक्रिहाल्ने योजनाबाट प्रहरी पछि हटेको छ ।

आफूमाथि दुर्व्यवहार गरेको भन्दै विमानस्थलमा कार्यरत एक महिला प्रहरीले उजुरी हालेपछि राउतविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले राउतलाई फरार सूचीमा राखेको छ ।

उनी अहिले कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा छन् । यसअघि प्रहरीले उनलाई नेपाल आउनसाथ पक्राउ गर्ने बताएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले आस्थाका अभिभावक (आमाबुवा) ले प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त जनाए पछि उनलाई नेपाल छिर्नासाथ नपक्रिने बताए ।

प्रतिक्रिया