एमाले सांसद् रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रह
नेपालखोज
२०७८ साउन ४ गते १६:२८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
सोमबार ललितपुरको च्यासलमा भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन् ।
अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिएको बताए । एकता जोगाउन आग्रह गर्दा माधव नेपालले रावललाई हप्काएर पठाएपछि रावलले राजीनामा दिएको ओलीले आरोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया