शनिबार, जेठ ४, २०८२

राष्ट्र बैंकले भोलि तीन अर्ब ६० करोडको ट्रेजरी बिक्री गर्दै

नेपालखोज २०७८ साउन १० गते १६:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) पुरानो नविकरण अन्तरगतको तीन अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति साउन १२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब ६० करोड रुपैयाँको ट्रेजरी रहेको छ । उक्त ट्रेजरीको परिपक्व हुने अवधि भने २०७८ कात्र्तिक नौ गते तोकिएको छ । यसअघि यही साउन चार गते पनि राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया