घरमा समृद्धि ल्याउन आज महालक्ष्मीको पुजा गर्नुस्, आजको तपाईको राशिफल यस्तो छ
शुक्रबारको दिन सन्तोषी माता र लक्ष्मीको पूजाआराधना गरे घरमा धनका साथै समृद्धि हुने धार्मिक विश्वास गरिन्छ । आजको दिन माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ ।
जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग र्पुयाउँछ । यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ । व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ ।
तपाईको आजको राशिफल यस्तो छ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमाइलो यात्रा रहला । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्ला । सन्तान सुखपनि मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
दबाब र तनाव बढेको महसुस हुनेछ । विरोधीहरूले काममा तगारो हाल्ने प्रयास गर्नसक्छन् । सकेसम्म कम बोल्ने र आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । एक–अर्काको भावना बुझेर काम गर्नसके दाम्पत्य जीवन सुमधुर रहनेछ ।
प्रतिक्रिया