राष्ट्रियसभा निर्वाचन : जनकपुरमा शतप्रतिशत, कर्णालीमा ९८ प्रतिशत मतदान
नेपालखोज
२०७६ माघ ९ गते १९:१०
काठमाडौँ । चार राष्ट्रियसभा सदस्यका लागि विहिबार प्रदेश नं २ मा भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ । जनकपुरस्थित महेन्द्रनारायणनिधि संस्कृति केन्द्रमा विहिबार बिहान १० बजे मतदान शुरु भएपछि अपराह्न ४ बजे मतदान सम्पन्न भएको हो ।
प्रदेशका १०७ प्रदेशसभा सदस्य र स्थानीय तहका २७२ गरी कूल ३७९ मतदाता मतदानमा सहभागी थिए । निर्वाचन अधिकृत राजु खतिवडाले केही बेरमा मतगणनाको प्रक्रिया शुरु गरिने जानकारी दिए ।
कर्णालीमा ९८ प्रतिशत मतदान
कर्णाली प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । कर्णाली प्रदेशमा रिक्त दुई पदका लागि भएको निर्वाचनमा १९८ मतदातामध्ये १९५ जना (९८.४८) प्रतिशतले मतदान गरेको निर्वाचन अधिकृत डा राजेन्द्रविक्रम आचार्यले जानकारी दिए । आचार्यका अनुसार निर्वाचन मर्यादित, व्यवस्थित र शान्तिपूर्ण अवस्थामा सम्पन्न भएको छ ।
सम्बन्धित
प्रतिक्रिया