सुनको मूल्य सामान्य बढ्याे, कतिमा हुँदै छ काराेबार
नेपालखोज
२०७८ साउन १३ गते ११:०६

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार छ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य आज घटेकोे छ । चाँदी आज तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया