मंगलबार, असार १७, २०८२

एमाले विवादमाथिको छलफलका लागि स्थायी कमिटी बैठक

नेपालखोज २०७८ साउन १६ गते ८:०५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ । पार्टीको विवादका विषयमा छलफल हुनेगरी आज (शनिबार) बैठक बस्न लागेको हो ।

महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको विवाद अब लामो समय नतन्किने बताएका छन् । पार्टी कार्यालयमा हिजो (शुक्रबार) आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए । उनले शनिबार बस्ने स्थायी कमिटी बैठकबाट यसबारे टुंगो लगाउने बताए ।

‘अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,’ महासचिव पोखरेलले ओली-नेपाल समूहबीचको एकता प्रसंगबारे भने, ‘भोलि (शनिबार) बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।’ उनले एक छुट्टै प्रसंगमा नेता माधवकुमार नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने प्रस्ताव स्वीकार्य नहुने बताएका थिए ।

नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छ ।

प्रतिक्रिया