मंगलबार, वैशाख १८, २०८१

बाल अस्पताल बनाउन सानिमा बैंकद्वारा एक करोड रुपैयाँ सहयोग

नेपालखोज २०७८ साउन १६ गते १०:५०

काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

बालबालिकालाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंलगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।

समझदारीपत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले हस्ताक्षर गरेका हुन् । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुन् ।

सानिमा बैंकको देशभर हाल सम्म ८६ शाखा, १८ विस्तारित काउन्टर तथा ९६ वटा एटीएम छन् ।

प्रतिक्रिया