आफ्नो कामको मार्केटिङ गरेको भए मैले ‘क’ वर्गको पुरस्कार पाउँथे !

हाइलाइट्स :
– म एकताका एडीबीको रोड प्रोजेक्टमा काम गर्थें । त्यो बेला यो परामर्शदाताहरु नियुक्त गर्दा तिनले तिर्न पर्ने टीडीएस जुन हुन्छ आयकर त्यो सरकारको पक्षबाट तिर्ने गरिएको अवस्था रहेछ । जसले आम्दानी गर्छ । घाटामा र नाफामा अथवा आयमा लाग्ने करको सन्दर्भमा सरकारको तर्फबाट तिरिराखेको अवस्था रहेछ । त्योचाहिँ मैले देशका लागि लगभग निकै ठूलो संघर्ष गरेर खर्च जोगाएँ । त्यो बेला मैले यो जागिर खानु राम्रो हो र ? भन्नेसम्म पुगेको अवस्था थियो ।
– आयकर राज्यले तिर्नुपर्ने अवस्थामा व्यक्तिले तिरेको अवस्था छ । यसका लागि मैले लगभग एक वर्ष संघर्ष गर्नुपर्यो कति कर्मचारीसँग बेमेल भयो झगडा भयो तर अहिले एडीबी र वर्ल्ड बैंक त्यसैबारे वर्कसप नै गरेर हिँड्छ ।
– राजस्व कार्यालयले पत्ता लगाउनुपर्थ्यो त्यस्ता विषयहरुचाहिँ मैले पत्ता लगाए । यदि एक्सपोज, मार्केटिङ गरेको हुन्थ्यो त मैले ‘क’ वर्गको पुरस्कार पाएको हुन्थें । ‘क’ वर्गको निजामति पुरस्कार अहिले एक जना मात्र हुनुहुन्छ । तर मैले यो एक्सपोज गरिनँ करोडौं रुपैयाँ राजस्व उठ्छ अहिले नेपालमा त्यही कारण पनि । अर्बभन्दा घटी उठ्दैन, यो राज्यलाई फाइदा पनि हो ।
हेर्नुहोस भिडियो :
प्रतिक्रिया