नेप्से ३ हजार १ सय ७ अंकमा सीमित, सातामा ६४ अर्ब ५२ करोडकाे सेयर काराेबार

काठमाडौं । नेप्से यो साता लगातार उकालो लागेर हालसम्म छ । सुरुवाती कारोबार दिनदेखि बढ्न थालेको नेप्से चौंथो कारोबार दिनसम्म लगातार बढेको थियो ।
पाँचौं कारोबार दिन भने नेप्से घटेको थियो । सो अनुुरुप नेप्से तीन हजार एक सय सात दशमलव ४५ अंकमा पुग्न सफल भएको थियो भने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७९ अंकमा पुग्न सफल भएको थियो ।
सातामा दुुई सय २६ वटा कम्पनीहरुको छ लाख नाै हजार छ सय १८ पटकको कारोबारमा १३ करोड १० लाख २४ हजार नौ सय ११ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।
जसबाट यो साता कुुल सेयर कारोबार रकम ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार नौ सय ५५ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार यो कारोबार रकम रकम गत साताको तुलनामा कम हो ।
गत साता भने नेप्सेमा दुई सय २५ वटा कम्पनीहरुको छ लाख ६३ हजार छ सय ९६ पटकको कारोबारमा १६ करोड ७५ लाख ६६ हजार एक सय १४ कित्ता सेयर किनबेच भएका थिए ।
जसअनुसार उक्त साता कुल कारोबार रकम ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार एक सय ४५ रुपैयाँ पुगेको थियो । यो साता पाँच कार्य दिन नेप्सेमा खुुलेको थियो जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन लगातार बढेपछि नेप्से हालसम्म कै उच्च बिन्दुमा पुग्न सफल भएको थियो ।
सोही आधारमा यो साता पहिलो कारोबार दिन एक दशमलव २५ अंकले बढेर तीन हजार ८१ दशमलव पाँच अंकमा सीमित भएको नेप्से अन्तिम कारोबार दिन १६ अंकले घटेर तीन हजार एक सय सात दशमलव ४५ अंकमा पुग्न सफल भएको थियो ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन एक दशमलव २४ अंकले बढेर पाँच सय ७२ दशमलव १५ सीमित हुन पुगेकोमा अन्तिम कारोबार दिन शून्य दशमलव ६४ अंकले बढेर पाँच सय ७९ अंकमा पुग्न सफल भएको थियो ।
अन्तिम दिन नेप्से घटेपनि बाँकी चार दिन नेप्से लगातार बढ्दा हालसम्म कै उच्च अंकमा पुग्न सफल भएको हो । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा यो साता अपर तामाकोशी हाइड्रो पावर कम्पनी, अरुण भ्याली हाइड्रो पावर कम्पनी, अपी पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि अगाडि परेका छन् ।
बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्स्योरेन्स कम्पी आदि अगाडि परेका छन् । यसैगरी सेयर सुचीकरणतर्फ भने यो साता मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर सुचीकृत भएका छन् ।
प्रतिक्रिया