आइतबार, वैशाख २८, २०८२

समाज सुधारका लागि युवाको योगदान अपरिहार्य : निर्वाण चौधरी

नेपालखोज २०७८ भदौ १४ गते १२:१३

काठमाडौं । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको सातौं संस्करणमा छानिएका उत्कृष्ट किशोर किशोरीहरुका लागि ५ दिने लामो क्षमता निर्माण कार्यशाला समापन भएको छ ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन यस वर्ष ग्लोकल टीन हिरो नेपाल २०२१ को मुख्य साझेदारको रूपमा वाई वाई, जोडिएको छ ।

यसै अन्तर्गत किशोरकिशोरीहरुले सिजी कर्प ग्लोवलका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग अन्तरक्रिया गर्ने मौका प्राप्त गरेका थिए । उनले आफूलाई किशोरकिशोरीहरुबाट प्रेरणा मिलेको र सदैव उनिहरुको कार्यमा सहयोग गर्ने कुरा बताए ।

यिनै प्रतिभावना किशोरकिशोरीहरुसँग अन्तरकृया गर्न पाउदा गौरब महसुस भएको पनि बताए । हाम्रो समाज र देशको सुधारको लागि युवाहरुको योगदान अपरिहार्य रहेको कुरा पनि बयान गरेका थिए ।

सबैको आफ्नो जीवनमा उद्देश्य हुन्छ, र एक आफ्नो लक्ष्य पुरा गर्नका लागि निरन्तर मेहेनत एवं लगनशीलता महत्वपूर्ण हुने कुरा बताए । अहिलेको समयमा साझेदारी एवं सहकार्य जरुरी भएको कुरा विष्लेषण गर्दै आफ्नो सपनालाई पुरा गर्न एवं अगाडि बढ्न प्रोत्साहन गरे ।

उनले किशोरकिशोरीहरुलाई राम्रो नेटवर्किङ निर्माण गर्न प्रेरित गरे । तपाईको नेटवर्क तपाईको नेट वर्थ हो एक उद्धरणलाई जोड्दै उनले किशोरकिशोरीहरुलाई सम्भावित सहयोगको अन्वेषण गर्न र आफ्नो देश विकासमा लागिकार्य गर्दे आफू र आफ्नो भावी पुस्ताको लागि एक राम्रो भविष्य निर्माण गर्न आग्रह गरे ।

यो अन्तर्कृया अत्यन्त प्रेरणादायक रहेको थियो । अन्तत ग्लोकलले वाई वाइसँगको साझेदारीमार्फत युवा विकासका नविनतम् आयाम सिर्जना गर्ने कुरामा साकारात्मक रहेको कुरा बताए ।

प्रतिक्रिया