आइतबार, वैशाख २८, २०८२

तीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित नर्भिकको विशेष हेल्थ प्याकेज

नेपालखोज २०७८ भदौ १४ गते १७:१०

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दु नेपाली नारीहरुको महान चाँड तीज र हिन्दुहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ ।

नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो । भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तिज प्याकेजअन्तर्गत एउटा बेसिक प्याकेज छ भने अरु दुईवटा ब्रेस्टको यूएसजी र मेमोग्रामसहितको बेसिक प्याकेज छ ।

बेसिक प्याकेज लिँदा अरु बेलाको रेट ८ हजार रुपैयाँ रहेकोमा तिजको अवसरमा ६ हजार ६६६ रुपैयाँ कायम गरिएको छ । यस्तै, ब्रेस्टको यूएसजीसहितको प्याकेजको मूल्य अरुबेला १० हजार रुपयाँ पर्नेमा तिजमा छुट गरी ७ हजार ७७७ कायम गरिएको छ ।

यसैगरी, मेमोग्रामसहितको बेसिक प्याकेजको अरुबेलाको मूल्य १३ हजार ४ सय रहेकोमा तिजको अफर अन्तर्गत ९ हजार ९९९ तोकिएको छ । बेसिक तीज प्याकेजअन्तरगत सुगर रेन्डम, यूरिक एसीड, लिपिड प्रोफाइल, यूरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, इसीजी, अल्ट्रासाउण्ड, यूरिन रुटिन लगायतका जाँच पर्नेछन् ।

यो प्याकेज भदौ २७ गतेसम्म लिन सकिने अस्पतालले जनाएको छ । यस्तै, नर्भिकले बुबाको मुख हेर्ने दिनको अवसरमा निकै सस्तो दरको प्याकेज घोषणा गरेको छ ।

अरु बेला ८ हजार ६५० रुपैयाँ पर्ने प्याकेजलाई ६ हजार ५ सय रुपैयाँमै उपलब्ध गराउने घोषणा गरिएको हो । यो प्याकेज पनि भदौ १२ गतेदेखि भदौ २७ गतेसम्म कार्यान्वयनमा रहनेछ ।

फादर्स डे प्याकेजमा इएसआर, चेस्ट पीए, इसीजी, सुगर रेन्डम, यूरिक एसिड, लिपिड प्रोफाइल, यूरिया क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, प्रोस्टेट स्पेसेफिक एन्टीजेन, पोटासियम, यूरिन रुटिन लगायतका जाँचहरु पर्नेछन् । यी दुवै प्याकेज लिनलाई नर्भिकको ल्यान्डलाइन नम्बर ०१–५९७००३२ तथा ९८४११८१२८१ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया