मंगलबार, वैशाख १८, २०८१

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्ट फोन खरिद गर्न सक्ने

नेपालखोज २०७८ भदौ २८ गते १७:५९

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रा. लि. र हिम इलेक्ट्रोनिक्सबिच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिपथ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि-बुकिङ गर्न सक्नेछन् ।

यसका साथै प्रि-बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन । भदौ २० गतेबाट प्रि-बुकिङ सुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ ।

प्रि-बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नेछन । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेभसाइटमा लगइन गरी आवेदन दिन सकिन्छ । बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया