मंगलबार, वैशाख १८, २०८१

९८ करोड २१ लाख रुपैयाँले बढ्यो विकास बैंकहरूको निक्षेप

नेपालखोज २०७८ भदौ २९ गते १२:३०

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको कुल निक्षेप सातामा ९८ करोड २१ लाख ९० हजार रुपैयाँले बढेको छ ।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एसोसिएसनका अनुसार गत साता विकास बैंकहरुको कुल निक्षेप चार खर्ब १६ अर्ब ९७ करोड ९२ लाख ४० हजार रुपैयाँ रहेकामा यो साता यस्तो निक्षेप बढेर चार खर्ब १७ अर्ब ३६ करोड १४ लाख ४० हजार रुपैयाँ पुगेको हो । एसोसिएसनका अनुसार यो वृद्धि गत साताभन्दा शून्य दशमलव २४ प्रतिशतले बढी हो ।

गत साताको तुलनामा राष्ट्रियस्तरका विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम पनि यो साता दुई अर्ब ८९ करोड १६ लाख ८० हजार रुपैयाँले बढेको छ । गत साता विकास बैंकहरुको कुल कर्जा तीन खर्ब ६५ अर्ब ९१ करोड ३३ लाख ८० हजार रुपैयाँ रहेकामा यो साता यस्तो कर्जा शून्य दशमलव ७९ प्रतिशतले बढेर तीन खर्ब ६८ अर्ब ८० करोड ५० लाख ६ हजार रुपैयाँ पुगेको हो ।

एसोसिएसनका अनुसार क्षेत्रीयस्तरका विकास बैंकहरुको कुल निक्षेप भने गत साताको तुलनामा यो साता २५ करोड २७ लाख ६० हजार रुपैयाँले घटेको छ । गत साता क्षेत्रीयस्तरका विकास बैंकहरुको कुल निक्षेप ७२ अर्ब ४२ करोड ३३ लाख ३० हजार रुपैयाँ रहेकामा यो साता यस्तो निक्षेप घटेर ७२ अर्ब १७ करोड पाँच लाख ७० हजार रुपैयाँमा सीमित भएको छ । ‘यो निक्षेप भनेको गत साताको तुलनामा शून्य दशमलव ३५ प्रतिशतले कम हो,’ एसोसिएसनले विज्ञप्तिमा भनेको छ ।

एसोसिएसनका अनुसार गत साताको तुलनामा क्षेत्रीयस्तरको विकास बैंकहरुको कर्जा रकम भने बढेको छ । गत साता क्षेत्रीयस्तरका विकास बैंकहरुले ६७ अर्ब १७ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो साता यस्तो कर्जा शून्य दशमलव ३८ प्रतिशत अर्थात २५ करोड ८२ लाख ३० हजार रुपैयाँले बढेर ६७ अर्ब ४३ करोड सात लाख ३० हजार रुपैयाँ पुगेको छ ।

एसोसिएसनका अनुसार यही भदौ १९ देखि २५ गतेसम्म विकास बैंकहरुको निक्षेप तथा कर्जामा यो उतारचढाव देखिएको हो ।

प्रतिक्रिया