मंगलबार, वैशाख १८, २०८१

त्रिवि उपकुलपतिको नियुक्ति प्रकृया रोक्न डा. केसीको अल्टिमेटम

नेपालखोज २०७६ असोज २० गते १०:०५

२० असोज २०७६, काठमाडौं । चिकित्सा क्षेत्र Aसुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् । उनले त्रिभुभवन विश्वविद्यालका उपकुलपतिको नियुक्ति प्रकृया तत्काल रोक्न अल्टिमेटम दिएका हुन् ।

त्रिवि उपकुलपतिका लागि डा. भगवान कोईराला सहित तीन जनाको नाम सिफारिस भएको छ । शिक्षामन्त्री नेतृत्वको सिफारिस समितिले लोकप्रिय मानिएका डा. कोईरालालाई तीन मध्ये महिलो नम्बरमा सिफारिस गरेको छ । डा. धर्मकान्त बास्कोटा दोस्रो र तेस्रोमा चन्द्रमणि पौडेल छन् । तर, डा. केसी भने विश्वविद्यालयहरुमा नियुक्ति प्रकृया नरोकिए सत्याग्रह थाल्ने बताईरहेका छन् ।

केसीको यस अल्टिमेटमलाई कतिपयले डा. कोइरालालाई रोक्न दिईएको धम्किका रुपमा लिएका छन् । डा. कोईरालाले आफुलाई खुलेर साथ नदिएकोले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ ।

डा. कोईरालाले डा. केसीका केही मागमा विपति राख्दै आएका छन् । उपत्यका बाहिरका पूर्वाधार सम्पन्न मेडिकल कलेजहरुको सम्वन्ध रोक्नु नहुने तर्क कोइरालाको छ । यस्तै डा. कोइराला टिचिङ अस्पतालको कार्यकारी हुँदा डा. केसीको अनशनलाई लिएर गम्भिर असन्तुष्टि जनाएका दिए । सञ्चार माध्यामहरुमा पनि कोईरालाले केसीसँग तिक्तक्ता पोखेका दिए ।

अहिले डा. केसीले मागको सातबुँदा मध्ये दोस्रो नम्बरमै विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोक्न आग्रह गरेका छन् । तर डा. केसी निकटवर्तीहरु भने यो मान्न तयार छैनन् । केसी पक्षधरहरुका अनुसार डा. केसीको असहमति व्यक्तिमा नभई उपकुलपति सिफारिस प्रक्रियामा भएको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया