ए डिभिजन लिगमा आज दुई खेल हुँदै, पहिलो खेलमा थ्री स्टार र सरस्वती भिड्ने
१८ माघ, काठमाडौँ । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा शनिबार आज दुई खेल हुदैछ । पहिलो खेलमा थ्री स्टार र सरस्वती युथ क्लब भिड्ने भएका छन् । दोस्रो खेलमा मछिन्द्र र एपीएफ क्लब आमने सामने हुँदैछन् ।
दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा थ्री स्टार र सरस्वती मध्याह्न १२ बजे भिड्ने छन् । रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेशन जोन छोड्न चाहन्छ ।
उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार कम्तिमा दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न चाहन्छ । तालिकाको पाँचौ स्थानका रहेको थ्री स्टारको १४ अंक छ । सरस्वती ४ अंक सहित तालिकाको पुछारमा छ ।
दोस्रो खेलमा एपीएफ र मछिन्द्र दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् । उपाधि होडमा रहेको मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ । मछिन्द्र १९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एपीएफ ५ अंक जोड्ने रेलिगेशन जोन भन्दा मात्र एक अंक माथि छ ।
प्रतिक्रिया