बिहीबार, जेठ २, २०८२

क्रिप्टोकरेन्सीमा युवापुस्ताको आकर्षण !

नेपालखोज २०७८ असोज ७ गते १७:४०

काठमाडाैं । संसारभर बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीको लोकप्रियता बढिरहेको छ । खासगरी युवाहरु यस प्रती आकर्षित देखिन्छन् । बिटक्वाइनका अतिरिक्त Dogecoin, Ethereum, XRP, Tether तथा Cardano जस्ता क्रिप्टोकरेन्सि पनि लोकप्रिय भइरहेका छन् । भनिन्छ, यिनको मूल्य प्रत्येक वर्ष दोब्बर भइहेको छ । क्रिप्टोकरेन्सी ब्ल्याकचेन टेक्नोलोजीमा आधारित एउटा भर्चुअल करेन्सी हो। यो क्रिप्टोग्राफीबाट सुरक्षित छ त्यसैले यसको कपी गर्न लगभग असम्भव छ ।

क्रिप्टोकरेन्सीमा लगानी गर्दा प्रयाप्त जानकारी लिएर मात्र गर्नु उपयुक्त हुने जानकारहरु बताउँछन् । बिना खोजबिन यसमा लगानी गर्नु खतरनाक साबित हुन सक्छ । अनलाइन ट्रेडिंङको आवश्यक जानकारी हासिल गरेपछि नै यसमा प्रवेश गर्नु उपयुक्त हुने सुझाव दिइन्छ ।

क्रिप्टोको क्रेज
क्रिप्टोकरेन्सीको लोकप्रियता बढेसँगै यसमा लगानी गर्नेहरू पनि बढ्दै छन् । भनिन्छ, लगानीका परम्परागत माध्यमको तुलनामा क्रिप्टोकरेन्सीमा जोखिमका साथ-साथै रिटर्न पनि बढि छ । बजारमा अनेकौं किसिमका क्रिप्टोकरेन्सी उपलब्ध छन् । यस्तोमा निवेशका लागि सही अथवा उपयुक्त क्रिप्टोकरेन्सी छनोट गर्नु आवश्यक हुन्छ ।

सुनको साटो क्रिप्टोमा निवेश
क्रिप्टोकरेन्सीको बढ्दो प्रचलनसँगै मानिसहरु सुनमा कम क्रिप्टोमा बढि लगानी गर्न थालेका छन् । बिटक्वाइन समेत अन्य क्रिप्टोकरेन्सीलाई कतिपयले डिजिटल गोल्डका रूपमा लिन थालेका छन् ।

के हो क्रिप्टोकरेन्सि ?
क्रिप्टोकरेन्सी एक किसिमको डिजिटल एसेट हो । कतिपय देशमा यो सपिङ तथा सेवाहरुमा समेत प्रयोग हुन्छ । क्रिप्टोकरेन्सी नोट वा सिक्काका रुपमा आउँदैन । यसका लागि कुनै बैंक वा एटीएम पनि हुँदैन । क्रिप्टोकरेन्सीको प्रयोग केवल अनलाइन खरिदबिक्री गर्न सकिन्छ ।

शानदार रिटर्नका कारण चर्चा
बितेका केही समययता क्रिप्टोकरेन्सीसँग सम्बन्धित निकै खबर अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा हेर्न – पढन पाइन्छ । यसको कारण पनि क्रिप्टोकरेन्सिको बढ्दो क्रेज नै हो । यो विषय खबरमा रहने प्रमुख कारण यसबाट पाइने राम्रो प्रतिफल वा रिटर्न नै हो ।

प्रतिक्रिया