मंगलबार, वैशाख १८, २०८१

राष्ट्रिय वाणिज्य बैंकको पस कारोबारमा क्यास ब्याक अफर

नेपालखोज २०७८ असोज १२ गते १७:३४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आउँदो दसैं, तिहार, नेपाल सम्वत् एवं छठलगायतको पर्वलाई मध्यनजर गर्दे विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाईन्ट अफ सेल (पस) को माध्यमबाट प्रति कारोबार एक हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्वा्प गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा बैंककै कार्ड स्वाप् गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाप् मा पाँच प्रतिसत अधिकतम क्यास ब्याक वा पाँच सय रुपैयाँ, ६ देखी १० पटकको कार्ड स्वाप् मा १० प्रतिशत वा अधिकतम क्यास ब्याक वा सात सय ५० रुपैयाँ र ११ देखी १५ पटकको कार्ड स्वाप् मा १५ प्रतिशत वा अधिकतम क्यास ब्याक वा एक हजार रुपैयाँमध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने छ ।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ संचालनमा रहेका छन् ।

प्रतिक्रिया