बिहीबार, जेठ २, २०८२

भारतमा पेट्रोलको मूल्य ३ वर्षयताकै उच्च

नेपालखोज २०७८ असोज १७ गते ६:५४

नयाँदिल्ली । कोरोना महामारीका कारण विश्वव्यापी उत्पादन प्रभावित भएपछि इन्धनको मूल्य बढेको छ । भारतमा पछिल्लो तीन वर्षयताकै उच्च विन्दुमा पेट्रोलको मूल्य पुगेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य १०२ रुपैयाँ १४ पैसा प्रतिलिटर पुगेको छ । पेट्रोलको मूल्य दिल्लीभन्दा बढी मुम्बईमा १०८ रुपैयाँ १९ पैसा प्रतिलिटर छ ।

शनिबार मात्र पेट्रोलको मूल्यमा २५ पैसा र डिजलको मूल्यमा ३० पैसा बढाएको जनाइएको छ । पछिल्लो एक सातामा पेट्रोलको मूल्य चारपटक बढाइएको हो । यहाँ डिजलको मूल्य पनि सयनजिक पुगेको छ ।

दिल्लीमा डिजलको मूल्य ९० रुपैयाँ ४७ पैसा र मुम्बईमा ९८ रुपैयाँ १६ पैसा प्रतिलिटर पुगेको छ ।

प्रतिक्रिया