मंगलबार, वैशाख १६, २०८२

एसएसपी राणालाई पाँच दिन थप हिरासतमा अनुमति

नेपालखोज २०७६ माघ २० गते १७:२२

धरान । यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका निलम्बित एसएसपी सौरभ राणालाई सोमबार अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

प्रहरीले अदालतमा १० दिनको म्याद थप गर्न माग गरेको थियो । जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले ५ दिन म्याद थपको आदेश जारी गरेको हो ।

राणा आइतबारदेखि प्रहरी हिरासतमा छन् । उनी जिल्ला प्रहरी कार्यालय सुनसरीले भिआइपी कक्षमा राखेको छ ।

राणाले घटनामा सत्यता नभएको बताउँदै आएका छन् । पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै शुक्रबार प्रहरीमा किटानी जोहरी दिएकी थिइन् ।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भइसकेको छ भने विस्तृत अनुसन्धान जारी छ ।

गत विहीबार एक महिलाले यौन हिंसा गरेको भन्दै राणामाथि किटानी जोहेरी दिएपछि गृह मन्त्रालयले शुक्रबारनै निलम्बन गरेको थियो

प्रतिक्रिया