मंगलबार, वैशाख १८, २०८१

यस कारण बन्द भयो फेसबुक !

नेपालखोज २०७८ असोज १९ गते १३:५९

काठमाडौं । सामाजिक सन्जाल फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम करिब ६ घण्टा अवरुद्ध भयो । उसो त अहिले यो पुनः रिस्टोर भइसकेको छ । भनिन्छ यी तीन सन्जालको कम्पनीको डोमेन नेम सिस्टमा आएको गडबढीका कारण करोडौं प्रयोगकर्ताले अनावश्यक झनझट बेहोर्नुपर्यो । यसका लागि फेसबुकका सीईओ मार्क जुकरबर्गले माफी मागिसकेका छन् । साथै उनले ६ सय करोड डलर नोक्सानीसमेत बेहोरेका छन् ।

ब्लुमबर्गको रिपोर्टअनुसार डीएनएस इन्टरनेटको फेसबुक जस्तो हुन्छ । यो एउटा यस्तो टुल हो, जसले फेसबुक डटकमजस्ता वेब डोमेनलाई एउटा वास्तविक इन्टरनेट प्रोटोकल वा आईपी एड्रेसमा परिवर्तन गरिदिन्छ । सोमबार यही डीएनएस रेकर्डमा देखिएको प्राविधिक गडबडीका कारण फेसबुक युजरहरूको पेज खुल्न सकेन ।

उक्त गडबडीका क्रममा फेसबुक प्रयोगकर्ताहरूको पेज मात्र नखुलेको होइन, स्वयं फेसबुकको इमेल पनि बन्द रह्यो । जसले गर्दा फेसबुकका कर्मचारीहरूले समेत हैरानी बेहोर्नुपर्यो । ब्लुमवर्गको रिपोर्ट भन्छ, ‘फेसबुकको समस्याको जड ब्रोडर गेट वे प्रोटोकल अर्थात बीजीपी थियो ।’

डीएनएस इन्टरनेटको फोनबुक हो भने बीजीपी यसको पोस्टल सेवा हो । जब कुनै प्रयोगकर्ता इन्टरनेटमा प्रवेश गर्छन्, तब बीजीपीले उनीहरूको लागि बाटो तय गर्दछ । भनिन्छ फेसबुकको प्लेटफर्म अवरुद्ध हुनुभन्दा केही मिनेट पहिले फेसबुकले बीजीपीको रुटमा ठूलो परिवर्तन ल्याएको थियो । सम्भवतः यसै कारणले संसारभरका मानिस केही घण्टा हैरानीमा परे ।

केही घण्टाको बाधाका कारण फेसबुकले ६ सय करोड डलर (करिव ६ खर्ब रुपैयाँ) घाटा बेहोर्नुपर्यो । यही कारणले विश्वका सर्वाधिक धनीको सूचीबाट जुकरवर्ग तल झरे । उनी दोस्रो स्थानबाट तेस्रो स्थानका विलगेट्सभन्दा तल चौथो स्थानमा पुगेका छन् ।

यता फेसबुकको सेयर ४ दशमलव ९ प्रतिशतले घटेको छ । सेयरमा आएको गिरावटसँगै अहिले जुकरवर्गको सम्पत्ति १२ हजार एक सय ६० करोड डलर भएको छ ।

प्रतिक्रिया