प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले ४ विधेयक पेश गर्ने कार्यसूची
२१ माघ, काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबार आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र विधेयकसँग सम्बन्धित प्रतिवेदनहरु पेश हुने सम्भावित कार्यसूची छ ।
संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीका अनुसार महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।
आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चार वटा विधेयक पेश गर्ने तयारी पनि छ ।
संसद सचिवालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया