पश्चिमी वायु पुनः सक्रिय, शुक्रबार पश्चिमका केही ठाउँमा वर्षा र हिमपात हुने सम्भावना
नेपालखोज
२०७६ माघ २२ गते ८:४६
२२ माघ, काठमाण्डौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार आज र बिहीबार भोली पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ् ।
स्थानीय वायुको प्रभावले पूर्वी पहाडी क्षेत्रको एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहे पनि अन्य ठाउँको मौसम भने सफा नै रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिए ।
उनका अनुसार बुधबार र बिहीबार हिउँ र पानी पार्ने कुनै प्रणाली सक्रिय नहुने तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम भने एकैछिन खुल्दै बादल लाग्ने सम्भावना छ ।
तर शुक्रबार पानी र हिउँ पार्ने पश्चिमी वायु प्रवेश गर्ने देखिएको उनले जानकारी दिइन् । पश्चिमी वायुको प्रभावले शुक्रबार पश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने मौसमविद् बासीको अनुमान छ ।
सम्बन्धित
प्रतिक्रिया