भाइरल ज्वरोका कारण २ जनाको मृत्यु, ३ सय विरामी
बाजुरा । बाजुरामा भाइरल ज्वरोका कारण २ जनाको मृत्यु भएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– १ जोरुमा भाइरल ज्वरोका कारण ५५ वर्षिया मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको मृत्यु भएको हो । बाजुराको दुई गाउँपालिकामा फैलिएको भाइरलका कारण बिरामी हुनेको संख्या ३ सय पुगेको छ । खापर गाउँपालिकामा बिरामी हुनेको संख्या ५० पुगेको छ । यस्तै, हिमाली गाउँपालिकाको वडा नम्बर ६को बाल्डिक गाउँमा बिरामीको संख्या २ सय ५० पुगेको छ । सिङ्गो गाउँ नै बिरामी भएकाले स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ हिमाली गाउँपालिकाले जनाएको छ।
एक सातायता बिरामीको संख्यामा वृद्धि हुँदा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा औषधि र जनशक्ति अभाव भएको छ । स्वास्थ्यकर्मीले भाइलर ज्वरो अन्य ठाउँमा पनि फैलन सक्ने भन्दै सुरक्षाका उपाय अपनाउन र स्वास्थ्यमा हेरचाह तथा चिसो तातोमा ख्याल गर्न सुझाव दिएका छन् । गाउँका सबै बालबालिका रुघाखोकी र भाइरल ज्वरोका कारण बिरामी भएपछि पठनपाठनसमेत प्रभावित भएको छ ।
प्रतिक्रिया