मंगलबार, वैशाख १८, २०८१

सबैको आकांक्षालाई सम्बोधन गर्नु जरुरी छ: मन्त्री बस्नेत

नेपालखोज २०७६ माघ २२ गते १७:०५

भक्तपुर । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले राजनीतिक प्रणालीमा जनताको आकांक्षा, आवश्यकता र समस्याहरु जोडिएका कारण सबैको पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय प्राणी  उद्यानमा आयोजना गरेको वार्डेन सेमिनार तथा मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले काम गर्दै जादाँ नयाँ नयाँ चुनौतीहरुको सामना अघि बढ्नुपर्ने बताउदैं वन तथा वातावरणको विकास र भौतिक संरचनाको विकासलाई सगै जोडेर लैजानुपर्ने बताए । मन्त्री बस्नेतले समस्याहरुको पहिचान गरी समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले वनलाई कृषि, पर्यटन र बहुआयामिक कुराहरु सगँ जोडेर कामलाई अघि बढाउदैं स्थानीय जनप्रतिनिधि सबै मिलेर प्राणी उद्यानको पूर्वाधारको काममा सहयोग र समन्वय गर्ने कुरा बताए ।

जैविक विविधता संरक्षणको आधार वातावरण मैत्री पूर्वाधार भन्ने मूल नाराका साथ ३६ औं वार्डेन सेमिनार तथा १८ औं मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक आजबाट शुरु भएको हो । बैठक तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया